रौतहट २६ भाद्र
रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा प्रशासनिक काम, विकास निर्माण तथा अत्यावश्यक सेवा प्रभावित भएको छ । नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा कर्मचारी तथा शिक्षकले दुई महिनादेखि तलब पाउन नसकेको, विद्युत्, विवाहलगायतका भुक्तानी रोकिएको र फोहोर व्यवस्थापनसमेत प्रभावित भएको स्थानियले बताइएका छन...