रौतहटको चन्द्रनिगाहपुरबाट ट्याक्टरसहित एक पक्राउ

रौतहट २७ मंसिर
रौतहटको चन्द्रनिगाहपुरबाट चिरान काठ लोड गरेको ट्याक्टरसहित एक जना पक्राउ परेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ बेतौनाबाट अबैध चिरान काठ २४ थान अन्दाजी २१ क्युफिट काठसहित ना.५ त ५६३४ नम्बरको ट्याक्टरले लगिरहेको अबस्थामा बुधबार बिहान ड्राइभर श्याम पौडेल पक्राउ परेको सव डिभिजन बन कार्यालय रौतहटका बन अधिकृत सुरेश प्रसाद महतोले तराई पोष्टलाई जानकारी दिनु भयो । पक्राउ परेका श्याम पौडेल चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का रहेको उहाले बताउनु भयो । पक्राउ परेका पौडेल , काठ र ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागी जिल्ला बन कार्यालय रौतहटमा पेश गरिएको बन अधिकृत महतोले बताउनु भएको छ । रौतहटका विभिन्न स्थानहरुमा अधिकृत रुपमा काठ तस्करीहरुको चहलपहल बढ्दै गएको छ । स्थानिय बन कार्यालयका कर्मचारी र प्रशासनको मिलोमत्तोमा अबैध काठ तस्करीको धन्दा रौतहटमा फस्टाइरहेको स्थानियले आरोप लगाउदै आएको छ ।

ताजा समाचार

Related Articles