चन्द्रपुर–१ नुनथरमा बृहत् सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आयोजना हुने

राैतहट २२ माघ
रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पर्यटकीय तथा धार्मिक स्थल नुनथरमा तामाङ समुदायको महान पर्व २८६२ औं ता ल्हो सोनाम ल्होछारको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरपालिका–१ वडा समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्नुहुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ भने तामाङ संगीत क्षेत्रमा ख्याति कमाएका चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा गायक तथा निर्देशक बाबु जिम्बा, गायक सुरेश लामा, सञ्जीव घिसिङ, गायिका कागल तामाङ, गायक रञ्जित तामाङ लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन्।
कार्यक्रम संयोजक टीका भोलनका अनुसार सोनाम ल्होछारलाई भव्य र सभ्य रूपमा मनाउँदै तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रमको मिडिया पार्टनर तराई पोस्ट रहेको छ। आयोजकले सबै धर्म, जाति र समुदायका नागरिकलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक उत्सवलाई सफल बनाउन आग्रह गरेका छन्।

ताजा समाचार

Related Articles