आज – २८ चैत्र २०८२ शनिवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा धैर्य र अनुशासित भएर काम गर्नुहोस् सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी बढ्नेछ । रोकिएको कामले गति लिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक चिन्ता बढ्न सक्छ तसर्थ काममा ध्यान केन्द्रित गर्नु आवश्यक छ । पुराना कामहरू पूरा गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोस । धैर्यपूर्वक काम गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सवारी साधन चलाउँदा सावधान रहनुहोला । खर्च बढ्ने संकेत देखिन्छ त्यसैले योजना बनाएर खर्च गर्नु राम्रो रहेको छ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र संयमताले ठूलो उपलब्धि दिलाउन सक्छ । पारिवारिक सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ । कृषि र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा प्रगति हुनेछ । वरिष्ठ व्यक्तिबाट सम्मान मिल्ने सम्भावना छ । संगीत र कलाको क्षेत्रबाट लाभ लिन सकिनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुनै विशेष कामले टाढाको यात्रा गर्नुपर्ला । धार्मिक वा कार्यमा रुचि बढ्नेछ । धैर्य र संयमताको कमीले हाथ आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोस् । स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ । आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा स्थिरता आउनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ । धर्मकर्मतर्फ मन जानेछ । विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन् । कानुनी पक्ष मजबुत रहनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वरिष्ठ व्यक्तिहरूबाट सल्लाह लिनु फाइदाजनक रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । साझेदारी व्यापारबाट लाभ लिन सकिनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ । परिश्रम बढे पनि काममा सफलता हाथ लाग्नेछ । आर्थिक विषयवस्तु सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्र र सहकर्मीहरूबाट सहयोग मिल्नेछ । पुराना योजनाहरू सफल हुने संकेत देखिन्छ । दाजुभाइमा आत्मीयता बढ्नेछ । विवादास्पद मुद्दा मामलाहरू सुझिनेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजमा मानसम्मान बढ्नेछ । अध्ययन र अनुसन्धानको क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ । सामाजिक कार्यहरूमा सक्रिय भूमिका निभाउन सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यको लागि रणनीति बनाएर कार्य गर्ने समय रहेको छ । शुभचिन्तकहरूले साथ दिनेछन् । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ ।

ताजा समाचार

Related Articles