रौतहटमा अवैध क्रसर उद्योगको बिगबिगी, २१ मध्ये ८ मात्र वैध

रौतहट २४ चैत्र
रौतहटमा अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको संख्या बढ्दो पाइएको छ । जिल्लाभर रहेका २१ वटा क्रसर उद्योगमध्ये केवल ८ वटा मात्रै वैध रहेको पुष्टि भएपछि बाँकी उद्योगहरू गैरकानुनी रूपमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको हो । नियमनकारी निकायको निष्क्रियताका कारण यस्तो अवस्था सिर्जना भएको भन्दै स्थानीय तहमा असन्तुष्टि चुलिएको छ । जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या यादवमाथि समेत अनुगमनमा उदासीन रहेको आरोप लाग्दै आएको छ । स्थानीयवासीका अनुसार आर्थिक प्रभाव र राजनीतिक दबाबका कारण अवैध क्रसर उद्योगहरू नियन्त्रणमा ल्याउन सम्बन्धित निकायले चासो नदेखाएको गुनासो छ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरूले दर्ता नवीकरण नगर्ने, कारोबार विवरण नदेखाउने र नदी दोहन तीव्र बनाउने जस्ता गतिविधि गर्दै आएका छन् । यसले राज्यलाई बुझाउनुपर्ने राजस्वसमेत गुमिरहेको छ । यता स्थानीय, प्रदेश र संघीय सरकार तीनै तह मौन देखिएको भन्दै सरोकारवालाहरूले कडा आलोचना गरेका छन् । अवैध उद्योग नियन्त्रण तथा प्रभावकारी अनुगमनको माग समेत तीव्र बन्दै गएको छ ।

ताजा समाचार

Related Articles