काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को दुई महिना ९साउन र भदौ०मा नेपालमा १ अर्ब ५२ करोड रुपैयाँको नन अल्कोहलिक सफ्ट ड्रिंक आयात भएको छ ।
यसबाट सरकारले ६० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा १४ लाख ११ हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको हो ।
गत वर्ष अर्थात् आर्थिक वर्ष २०७९÷०८० मा नेपालमा ७ अर्ब ३९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख ७० हजार किलोग्राम सफ्ट ड्रिंक आयात भएको छ । यसबाट सरकारले २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।