रौतहट १७ जेष्ठ
विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने धुप बनाउने तालिम संस्थाको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्द प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव राजेन्द्र प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक भरत प्रसाद आचार्य, कोषाध्यक्ष जगत नारायण कुमार, सञ्चालक समिति सदस्यहरू अम्बिका खड्का र सविता आचार्य लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षक दुर्गा भण्डारी थापाले धुप निर्माण सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। तालिममा संस्थाका ५९ जना सेयर सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक जनार्दन कोइरालाले गर्नुभएको थियो। सहभागीहरूले तालिमबाट स्वरोजगार तथा आयआर्जनका सम्भावनाबारे उपयोगी ज्ञान प्राप्त गरेको बताएका छन् ।

