चन्द्रनिगाहपुरबाट करदाता सेवा कार्यालय सिमरा सारिँदा स्थानीय असन्तुष्ट

चन्द्रनिगाहपुर २३ चैत्र
रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित करदाता सेवा कार्यालय सिमरा सारिएको विषयलाई लिएर स्थानीयस्तरमा असन्तुष्टि चुलिएको छ । चन्द्रनिगाहपुरमा सञ्चालन हुँदै आएको करदाता सेवा कार्यालयको सम्पूर्ण सामग्री ट्रकमार्फत सिमरा सारिएपछि स्थानीयवासी तथा व्यवसायीहरू आक्रोशित बनेका हुन् । यसअघि सहज रूपमा सेवा पाइरहेका सेवाग्राहीले कार्यालय स्थानान्तरणले समस्या बढ्ने भन्दै विरोध जनाएका छन् ।
उता गौरस्थित करदाता सेवा कार्यालय पनि सिमरा सार्ने तयारी गरिएको थियो । तर, स्थानीयवासी र उद्योग वाणिज्य संघको अवरोध तथा विरोधपछि सो कार्यालय हाललाई गौरमै सञ्चालनमा रहेको छ । तर चन्द्रनिगाहपुरको हकमा भने कुनै ट्रकमा सामान लोड गरि सारिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरले समेत यस्तो निर्णयले सेवाग्राहीलाई सास्ती हुने बताउँदै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ । स्थानीयले करदाता सेवा कार्यालय पुनः चन्द्रनिगाहपुरमै सञ्चालन गर्नुपर्ने माग राख्दै सम्बन्धित निकायसँग ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार

Related Articles