भन्सार छलीका ओखर, सुर्ती, लत्ताकपडा र भाँडावर्तनसहित १ लाखभन्दा बढीका सामान बरामद

रौतहट, १६ साउन
रौतहट प्रहरीले भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याइँदै गरेका विभिन्न अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको Border Action Team (BAT) र भन्सार सुरक्षा गार्ड रौतहटको संयुक्त गस्ती टोलीले विभिन्न मिति र स्थानमा गरेको चेकजाँचका क्रममा भन्सार छलि चोरी पैठारी गरी ल्याइँदै गरेका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा करिब रु. ६९ हजार बराबरको ओखर, रु. ४ हजार ५ सय बराबरको सुर्ती, रु. १४ हजार बराबरको लत्ताकपडा तथा रु. १८ हजार ८ सय ७५ बराबरको भाँडावर्तन रहेका छन् । बरामद गरिएका सामानको कुल अनुमानित मूल्य रु. १ लाख ६ हजार ३ सय ७५ रहेको प्रहरीले जनाएको छ । बरामद भएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहट मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles