रौतहट १ कार्तिक
रौतहटका एक ब्यक्तिको भारतमा हत्या भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर ९ का बर्ष ४० का दिलिप सिंहको अज्ञात समुहले भारतमा गोली प्रहार गरी हत्या गरेका हुन । भारतको बिहार रामगढवामा सिंहमाथी गोली प्रहार भएको जनाइएको छ । हत्या भएको स्थान रक्सौलबाट १३ किलोमिटर मोतीहारी जाने मुल सडकमा हत्या भएको बताइएको छ । सो रामगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उदेश्यले गोली हानिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । सिंहको छातीमा गोली लागेपछि घटनास्थलमा नै मृत्यु भएको उहाका आफन्त गौर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अर्जुन सिंहले जानकारी दिनु भएको छ । मृतक सिंहको साथमा २९ लाख भारतीय रुपिया लुटेरा समुहले लेटेर फरार भएको बताइएको छ । घटनास्थलबाट भारतीय बिआर २९ जी ७८५१ नम्बर बोलेरो जीप प्रहरीले बरामत गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । मृतक सिंहको शवलाई मंगलबार बेलुका नेपालमा ल्याएर परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपि दामोदर केसीले तराई पोष्टलाई बताउनु भयो ।