रौतहट, १४ कार्तिक । रौतहटका वृन्दावन नगरपालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर गराएर केही जनप्रतिनिधिहरुले नै सो पालिकाका अवस्था भत्ताभङ्ग बनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा पत्र अनुसार गत कार्तिक २ गते करिब साढे ११ बजे प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका रासनारायण पटेललाई तर्साउने उद्देश्यले सोही दिन कार्यालय बन्द समयमा साँझ पख केही जनप्रतिनिधिहरु उपसचिव सुरेन्द्र प्रधानलाई ल्याएर हाजिर गराए ।
राजनितिक प्रतिसोध साध्ने उद्देश्यका साथ नगरप्रमुख बिनोदप्रसाद कुर्मीले ल्याएको प्रमुख प्रशासकीय अधिकृत पटेलको विरुद्धमा उपमेयर संगिताकुमारी राम सहितको जनप्रतिनिधिले प्रधानलाई हाजिर गराएका थिए । प्रधानलाई हाजिर गराउन मेयर प्रत्यासीहरु समेत लागेको समाचार स्रोतको दावी रहेको छ ।
उपसचिव जस्तो गरिमामै पद भएका प्रधानलाई राजनितिक चलखेलमा वृन्दावनमा हाजिर गराएपछि प्रधान यतिबेला नघरको नघाटको भएको छ ।
मन्त्रालयले रौतहटको फतुवा विजयपुर नगरपालिकामा पनि प्रधानलाई पठाएपछि सो पालिकामा पनि विवाद चुलिएका छन् ।
दुई जना प्रशासकीय अधिकृत हाजिर भएपछि वृन्दावन यतिबेला घोर विवाद चुलिएको छ । वृन्दावनमा प्रधानलाई नत कार्यापालिको समर्थन छ, नत मेयरको समर्थन छ ।
प्रधानलाई उपमेयर संगीताकुमारी रामसहित केही जनप्रतिनिधि र मेयर प्रत्यासीले हाजिरको मेयर पक्षको आरोप छ ।
उपमेयर पक्ष प्रधाननै हाकिम रहेने बताउँदै आएका छन् । उपमेयर संगीताकुमारी राम नियमित कार्यालय जान छाडेको झन्डै एक वर्ष पुग्न लागेको हो । नगरप्रमुख विनोदप्रसाद कुर्मीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको उनको आरोप छ । उपमेयरले नगरप्रमुखलाई कार्यालयमा बस्ने वातावरण बिगारेका कारण सो पालिकाबाट सेवालिने सेवाग्राही समेत मारमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि रासनाराण पटेलको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले बैंक खाता सञ्चालन गर्न अनुमती दिएका थिए ।
तर, एउटै पालिकामा दुइ जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि विवाद बढन थालेकोले बैंक खाता सञ्चालन रोक्का गरीको समाचार स्रोतले जनाएका छन् ।
बिगतमा पालिकाका राम्रै कामकाज सम्हादै आएका रासनाराण पटेललाई हाकिम बनाएपछि पालिकामा विकासको गतिलिने सम्भावना देखिएपछि कार्यपालिकाबाट उनलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय भएको छ । सोही निर्णय अनुसार पटेललाई वृन्दावनका निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक कारोबार सम्हान मन्त्रालयले पत्र दिएको छ ।
भागबण्डाको लडाईका कारण उपमेयरको मेयरसँग खटपट भएपछि न्यायिक समितिका सबै काम पूर्णरूपले प्रभावित बनेका छन् । निर्वाचित भएदेखि न्यायिक समितिको काम सो पालिकामा एउटा पनि हुन सकेको छैन् । समितिमा कानुनी सल्लाहकार, दर्ता चलानी गर्ने कर्मचारीसमेत नभएको उपप्रमुख रामको गुनासो पोख्दै आएकी छन् । मेयर र उपमेयर बीचको विवादले न्यायिक समितिको काम ठप्प भएको छ । पालिकाबाट अपांगता कार्ड तथा किसानलाई मलखाद वितरण पनि रोकिएको छ । योजना बाँडफाँट र बजेट वितरणमा पनि समस्या देखिएको छ ।