मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन उत्साहवर्धक रहेको छ । नयाँ रोजगारको रूपरेखा तैयार हुनेछ । सामाजिक कार्यमा भागीदारी बढ्नेछ । घरमा मांगलिक कार्य को चर्चा हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा लक्ष्यलाई पूरा गर्ने दबाब रहनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सफल भइनेछ । नयाँ प्राँपर्टी किन्न हत्तार नगर्नुहोस् । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जीवनसाथीसँग वैचारिक मतभेद बढ्ला। पाचन सम्बन्धी समस्याले सताउनेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। साहित्व र लेखन कलाको महत्त्वपूर्ण बिन्दुहरूमा चर्चा हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारीमा व्पापारमा सामञ्जस्यको अभाव रहनेछ । घरपरिवारबाट शुभ सुचना सुन्न पाइएला। यात्रा लाभदायी रहनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जग्गा जमिनमा लगानी लाभदायी रहनेछ । नौकरीको लागि नयाँ आवेदनहरू मिल्नेछ । धार्मिक यात्रामा भ्रमणका योग छन् । कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पहिलाको सफलताले महत्त्वकांक्षा बढाउनेछ । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । बुद्धिको उपयोगले कार्य सजिलै सम्पादन गर्न सकिनेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यको गुणवत्तामा सुधार गर्नुहोस् । आफन्तहरूको साथ र सहयोग मिल्नेछ । प्रशासनिक क्षेत्रमा अधिकारीहरूबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा नयाँ प्रयोग सफल रहनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुख सुविधामा धन खर्च हुनेछ । मेहनतको राम्रो परिणाम मिल्नेछ । इष्टमित्रहरूसँग रमाइलो समय व्यतीत हुनेछ । अवसरवादीहरूले झुक्याउन सक्छन सावधान रहनुहोस् । आजको शुभ रंग हल्का हरियो हे भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहि दिशामा तैयारी नहुनाले परिणाम प्रभावित हुनेछ । शत्रुहरू सक्रिय रहनेछन् । व्यस्तताको कारण परिवारलाई समय दिन नपाइएला । खानपानलाई लिएर सजग रहनुहोस । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ योजना बनाउनुभन्दा पहिला अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस् । विवादास्पद समस्याले समय प्रभावित हुनेछ । विवाह आदिको कुराकानी अगाडि बढ्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ । सम्बन्धहरूमा आत्मीयता बढ्नेछ । आर्थिक मामलाहरूमा सुदृढता आउनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सम्मानित स्थान पाउन मेहनत गर्नुपर्ला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । सरकारी कार्यमा बाधा आउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ ।

