आज – २६ कार्तिक २०८२ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अरूको भावनाको पनि सम्मान गर्नुहोस् । नोकरी वा पेशामा आइरहेका बाधा समाप्त हुनेछन् । अड्किएको धन मिल्नाले आर्थिक स्थिति सबल रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सहयोगीहरूबाट भनेजस्तो सहयोग नमिल्ला । विद्यार्थीहरूको अध्ययन भन्दा घुमफिरमा समय व्यतीत हुनेछ । विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस् । सन्तानको भविष्यलाई लिएर चिन्ता दूर हुनेछ । पारिवारिक जीवनमा संघर्ष बढ्ला । फजुल खर्चदेखि बच्नुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ । नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ । माननीय जनहरूबाट सहयोग पाइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारका लागि नयाँ प्रस्तावहरू मिल्नेछन ्। कार्यक्षेत्रमा दौडदुप गर्नुपर्ला । कार्यप्रति इमान्दारिता देखाउनुहोला । आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला । व्यावसायिक लेनदेनमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रवर्गहरूबाट सहयोग पाइनेछ । आयस्रोत बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। शत्रुहरु आफै किनारा लाग्नेछन् । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा प्राप्त भएको सफलताले मन उत्साहित रहनेछ । गुप्त कुरा बाहिरिनाले समस्या निम्तिनेछ । अरुलाई सहयोग गरेर खुसी मिल्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हजुरको कार्यशैलीबाट अधिकारीहरू प्रसन्न रहनेछन् । व्यापार व्यवसायमा नयाँ लगानिको लागि समय अनुकूल रहेको छ । मठमन्दिर वा धार्मिक स्थलमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ रहनेछ । सोचे अनुरुप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइएला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रुहरू परास्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरीमा प्रमोशन आदिको रूपरेखा बन्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ ।

ताजा समाचार

Related Articles