रौतहट ८ मंसिर
रौतहटको चन्द्रपुरमा सडक किनारमा अलपत्र परेको एक ब्यक्तिलाई मानव सेवा आश्रम सर्लाही पठाइएको छ । सिन्धुलीको रानिबास घर बताउने बर्ष ४५ को अमित माझि गत मंगलबार चन्द्रनिगाहपुरको सडकपेटीमा अलपत्र अबस्थामा भेटिएको चन्द्रपुर सरकारी अस्पतालका डाक्टर रामजी रामले जानकारी दिनु भएको छ । निज माझि हिडडुल गर्न नसक्ने अबस्थामा भेटिएको र डाक्टर रामले सामान्य उपचारपछि थप उपचारका लागी मानव सेवा आश्रम सर्लाहीमा पुर्याइएको बताउनु भयो । उहाको स्वास्थ्य अबस्था निकै कमजोर रहेको बताउनु हुदै उहालाई चिन्नु हुने जोकोहीले सम्बन्धित ब्यक्ति समक्ष खबर गरि दिनु हुन अनुरोध गरेको छ । डाक्टर रामजी रामले उहाको आफन्तहरुलाई ९८५५०७६०१८ मा सम्पर्क गर्नु हुन अनुरोध गर्नु भएको छ ।

