रौतहट ८ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय सञ्चालनको विवाद तत्कालका लागी टरेको छ । शुक्रबार बसेको कार्यापालिका बैठकले नगरपालिकासंगै रहेको शिव मन्दिर अगाडी रहेको वडा कार्यालय सो स्थानबाट डाबरी चोकमा रहेको एक धर्मशालामा सारिएको थियो । वडा अध्यक्ष सहदेव केसीले डाबरी चोकबाट नै वडा कार्यालय सञ्चालन गर्ने जनाउनु भएको थियो भने नगर प्रमुख संजय कुमार काफ्लेले डावरी चोकबाट वडा कार्यालय सञ्चालन नगर्न सुचना नै जारी गरेको थियो । सो वडको वडा अध्यक्ष केसी र नगर प्रमुख काफ्ले बिवादमा तानिएपछि कार्यपालिका सदस्यहरु , वडा अध्यक्षहरु राजनितिक दलका प्रतिनिधिहरु र नगर प्रतिनिधिहरुको छलफलमा सहमति भएको छ । अब चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय आइतबारबाट जनज्योती बहुमुखी क्याम्पसको सटरबाट सुचारु गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । त्यसैगरि स्थायी भवन निर्माणका लाी उपयुक्त जग्गाको खोजी गर्ने सहमति भएको बताइएको छ । वडा कार्यायल सञ्चालन बापत क्याम्पसले सटर निशुल्क दिने सहमति गरेको जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरले जनाएको छ ।

