रौतहटको शान्ती सामुदायिक वनमा अवैध खयर कटानको अनुसन्धान तीव्र, १२ थान काठ बरामद

रौतहट, ५ साउन
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित शान्ती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा खयरका रुख अवैध रूपमा कटान गरिएको सूचनापछि डिभिजन वन कार्यालय रौतहटले अनुसन्धान तीव्र बनाएको छ । प्राप्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएपछि डिभिजनल वन अधिकृत मनोज ठाकुरले मंगलबार घटनास्थलको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा अवैध कटानमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन गैडाटार सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई आवश्यक निर्देशन दिइएको कार्यालयले जनाएको छ । निरीक्षणका क्रममा घटनास्थलबाट डमरु बनाउन प्रयोग हुने आकारका खयरका १२ थान (१०.७० क्युबिक फिट) काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालयका अनुसार अवैध रूपमा वन फँडानी तथा काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles