रौतहट ८ मंसिर
रौतहटमा शुक्रबार बिहान बेवारिसे शव फेला परेको छ । रौतहटको यमुनामाई र दुर्गा भगवती गाउपालिकाको सीमामा पर्ने गौर गंगापिप्रा सडकखण्डमा पर्ने झाँझ खोलाको पुलको पुर्वी रिङभित्र अन्दाजी २५–२६ बर्षिय युवकको शव बेवारिसे अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान स्थानियले सो पुलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसन्धान अधिकृत उमाशंकर गुप्ताले जानकारी दिनु भएको छ ।

