गैडाटार भेट्रान फुटबल प्रतियोगीतामा जनशक्ति युवा क्लव विजयी

रौतहट २५ कार्तिक
गैडाटारमा शनिबार सम्पन्न भेट्रान फुटबल प्रतियोगीताको उपाधी जनशक्ति युवा क्लवले हात पारेको छ । गैडाटारका युवाहरु एकजुट नै छन भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको नमुना युवा क्लवका अध्यक्ष जीवन कटुवालले जानकारी दिनु भयो । प्रतियोगीतामा ८ स्थानिय क्लवहरुले सहभागीता जनाएका थिए । स्थानिय कालापानी युवा क्लव , नमुना युवा क्लव , प्रणामी युवा क्लव , दुई म्हेन्दो युवा क्लव , कछडिया युवा क्लव , जनशक्ति युवा क्लव , तामांग परिवार युवा क्लव, जनशक्ति युवा क्लव , मोरंगे युवा क्लव गरि स्थानिय ८ क्लवका भेट्रानहरु खेलमा सहभागीता जनाएका थिए । सो प्रतियोगीतामा जनशक्ति युवा क्लव राई टोल विजेता बनेको छ भने उपविजेताका रुपमा आयोजक नमुना क्लव पुरानो टोल बनेको छ । विजेता क्लवले नगद ५ हजार र उपविजेता क्लवले नगद ३ हजारका साथै ट्रफी , प्रमाण पत्र वितरण गरिएको आयोजक क्लवका उपाध्यक्ष श्याम चौहानले तराई पोष्टलाई जानकारी दिनु भयो । त्यसैगरि उत्कृष्ट गोलकिपरको रुपमा नमुना युवा क्लवका हरि गौतम , सार्वधिक गोलकर्ताका रुपमा तामांग परिवार युवा क्लवका भिम बहादुर भोलन , उत्कृष्ट खेलाडीका रुपमा जनशक्ति युवा क्लवका दिपेश राई छनौट हुनु भएको थियो । विजेताहरुका लागी शिल्डको प्रायेजक रबिन सुनचादी ज्वेलर्स चन्द्रनिगाहपुरले र उपविजेताका लागी बालकृष्ठ न्यौपानेले प्रायोजन गरेका थिए ।त्यसैगरि उत्कृष्ट खेलाडीहरु आरआर इनफेन्सीले प्रायोजन गरेको आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles