रौतहट २७ कार्तिक
रौतहटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । गत शनिबार रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ६ का २० बर्षिय युवक राहुल साहलाई चक्कु प्रहार भएको थियो । घाइते साहको विरगञ्ज स्थित एलपि न्युरो अपतालमा उपचार गराइरहनु भएको थियो । उपचारको क्रममा साहको सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य विवादमा ३ जनाको समुहले साहलाई चक्कु प्रहार गरेको थियो । सोमबार विहान साहको मृत्यु भएको अस्पतालले जनाएको छ । चक्कु प्रहार गर्ने ३ जनाको समुहका १ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अन्यको फरार भएका अपराधीहरुको खोजी कार्य गरिरहेको प्रहरीले बताको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

