गढिमाइ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, ५९ करोडभन्दा बढीको बजेट प्रस्तुत

रौतहट ८ असार
रौतहटको गढिमाइ नगरपालिकाको १३औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर सभामा नगर प्रमुख श्याम प्रसाद यादवले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट तथा विकासमुखी नीति–कार्यक्रम प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ । नगर प्रमुख यादवले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकास, सुशासन, सेवा प्रवाहमा सुधार तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो । नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
नगर सभाले आगामी वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू समेत गरेको जनाएको छ । गढिमाइ नगरपालिकाले प्रस्तुत बजेटमार्फत स्थानीय विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles