लागू औषध सेवन गरेर सवारी चलाउँदै गरेका ३ चालक चन्द्रनिगाहपुरमा पक्राउ

चन्द्रनिगाहपुर, असार ८ रौतहट
रौतहटको चन्द्रनिगाहपुरमा सवारी चालकहरूको नियमित मापसे (मद्यपान) जाँचका क्रममा ३ चालकले लागूऔषध सेवन गरेको तथ्य खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष चेकजाँच अभियान अन्तर्गत सवारी चालकहरूको परीक्षण गर्ने क्रममा १४ जना चालकहरुमाथी चेकजाच गर्दा ३ जना चालकले लागूऔषध सेवन गरी सवारी सञ्चालन गरिरहेको भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक परीक्षणमा लागूऔषध सेवन गरेको पुष्टि भएपछि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । प्रहरीले दिएको जानकारी अनुसार बाराबाट सर्लाहीतर्फ जादै गरेको बा.प्र. ०१–०३३ च ५७०९ नम्बरको पिकअपका चालक बारा कोल्हवी नगरपालिका वडा नम्बर २ निवासी बर्ष २२ का अर्जुन माझी , त्यसैगरि सप्तरी जादै गरेको बीआर ०७ पीसी ०४२६ नम्बरको स्कारपियोका चालक सप्तरीका बर्ष २९ का राधेश्याम यादव र बर्दिवास हिडेको ना.४च ८७०५ नम्बरको बोलेरोका चालक बर्ष २८ का संजय मेस्तरले लागु औषध सेवन गरि सवारी चलाएको पाइएपछि उनीहरु ३ जनालाई नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
सडक सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मापसे तथा लागूऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाउने जनाएको छ । लागूऔषध सेवन गरेर सवारी चलाउँदा चालक, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रहरीको भनाइ छ ।

ताजा समाचार

Related Articles