बारा २३ कार्तिक
बारामा अबैध हातहतियार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहिबार अन्दाजी बिहान ८ बजे बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ११ भगवानपुरका बर्ष ४० का उपेन्द्र पटेलले आफ्नो घरमा अबैध हातहतियार लुकाई छिपाई राखेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट विशेष प्रहरी टोलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झाेलाभित्र सेतो कपडाले बेरेर लुकाई छिपाई राखेको हातहतियार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले रिभाल्वर १ थान , सोही रिभाल्वरमा लाग्ने ७ थान गोली , नल कटुवा पेस्तोल १ थान , गोली १ थान , KF १२ लेखिएको गोली , जंगी राउण्ड २ थान नियन्त्रणमा लिइएको प्रकरीले जनाएको छ । सो हातहतियारसहित बारा सिम्रोनगढ नगरपालिकाको वडा नम्बर ११ भगवानपुरका बर्ष ४० का उपेन्द्र पटेल । सोही स्थानका बर्ष २७ का धिरेन्द्र पटेल , सोही स्थानका बर्ष ६२ का रुपलाल पटेल , रौतहटको बौधीमाई नगरपालिकाका वडा नम्बर २ का बर्ष ४४ का राजमंगल पटेल , सोही स्थानका बर्ष ८० का सोभा राउत प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनु भयो । उनीहरुको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

