मौलापुर, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रौतहट तिब्र रुपमा संगठन निर्माणमा जुटेको छ । चन्द्रपुरका दश ओटै वडा समिति गठन सकेर नगर समिति गठन गरी संगठन निर्माण सुरु गरेको रौतहट रास्वपाले, देवाहि गोनाहि, राजापुर, गढीमाई नगर समिति निर्माण सम्पन्न गरी मंगलबार मौलापुर नगर समिति गठन गरेको छ ।
रास्वपा मधेस प्रदेश सभापती ई.तपेश्वार यादवको प्रमुख आतिथ्यतामा मौलापुरको प्रारम्भिक नगर भेला सम्पन्न भएको हो ।
रास्वपा प्रतिको जनसमर्थन देखेर तर्सिएका केही कुतत्वहरुले रास्वपा मधेस विरोधी पार्टी हो भनेर कुप्रचार गर्दैछन, त्यस्तो कुप्रचारको पछि नलाग्नुस । रास्वपा मधेस र मधेसीको सबै भन्दा धेरै मायाँ गर्ने पार्टी हो, मधेसको हरेक जायज मुद्धामा रास्वपाले अपनत्व लिनेछ ढुक्क भएर रास्वपामा जोडिन आग्रह गर्दै सम्बोधन सुरु गरेका सभापती यादवले भने देशको अरु प्रदेश सँगै मधेसमा सुशासन र समृद्धि ल्याउने रास्वपाले मात्रै हो ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पार्टीको नीति र विधीको बारेमा प्रष्ट पार्नुभएको थियो । श्रेष्ठले भने रास्वपा लाई जनताको पार्टीको रुपमा जनता बाटै निर्माण गर्ने प्रक्रिया चलिरहेको छ, सोही प्रक्रिया पूरा गर्न हामी गाउँ गाउँका झुपडी र गल्ली घुमिरहेकाछौं ।
शालीन तवरले प्रस्तुत हुनुभएका मधेस महामन्त्री मनिष कुमार साहले भन्नुभयो मधेशका शहीदहरूको बलिदान खेर जाने छैन, नातावाद कृपावादको सेन्टिग्रेड तोड्न रास्वपा मधेस प्रदेशले अब जान्ने लाई छान्ने अभियानका साथ मधेस बनाउने छ । महामन्त्री साह मधेशका संगठन प्रमुख समेत हुन, मधेस कोषाध्यक्ष चन्दन साह, प्रवक्ता रञ्जित राम, सल्लाहकार दिनेश यादव, सदस्य नविन चौरसिया, लगायतले सम्बोधन गर्नुभएको नगर सभाको खुल्ला सत्र रौतहट सभापती प्रदीप साहको सभापतित्वमा सम्पन्न भएको थियो । नगर सभाको दोश्रो सत्र बाट राम प्रसाद राय यादवको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नगर समिति चयन भएको छ ।
निर्वाचित सभापती लाई बधाई तथा शुभकामना दिँदै चन्द्रपुर सभापती उदय सापकोटाले भन्नुभयो अब मौलायो मौलापुरमा रास्वपा, निकट भविष्यमा मैलापुर नगर प्रमुखको लागी हुने उप निर्वाचनमा घण्टी बाहक उम्मेदवार निर्वाचित हुने प्रक्रिया आजै बाट शुरू भएको भन्दै खरो रुपमा प्रस्तुत हुनुभएका सापकोटा रौतहट रास्वपाका प्रभावशाली नेता हुन ।

