रौतहट २१ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिकाले अब्यस्थित बसोबासलाई लालपुर्जाका लागी भुमि आयोगमा सिफारिस गर्दा सिफारिस बापत लिने दस्तुरको रकम बिवादमा परेको छ । सोमबार चन्द्रपुर नगरपालिकाले लालपुर्जाका लागी सिफारिस गर्दा प्रति कठ्ठा प्रति बर्ष रु. ५०० रुपिया दस्तुर तिर्नु पर्ने निर्णय गरेको थियो । सोही आधारमा १ कठ्ठा जग्गाको सिफारिस लिन रु. ५००० दस्तुर तिर्नु पर्ने हुन्छ । यसरी चन्द्रपुर नगरपालिकाले राजस्व बढाउने बाहानामा आम नागरिकलाई ठग्ने काम गरेको चन्द्रपुर नगरपालिकाका वडा अध्यक्षहरुले नै आरोप लगाएका छन । नगरपालिकाको यस्तो निर्णय भुमि आयोगको कानुन विपरित भएको उनीहरुको ठहर छ । लगत संकलन नापी लगायतका प्रक्रिया पुरा गरिसकेका अब्यवस्थित बसोबासीहरुले कानुन अनसुार राजस्व तिर्नु पर्ने ब्यवस्था रहेको छ । तर चन्द्रपुर नगरपालिकाले राजस्व बढाउने बाहानामा जनतालाई ठग्ने काम गरेको वडा अध्यक्षहरुले लगाएका छन । तत्काल यस निर्णयलाई सच्याउन नगर प्रमुख तथा कार्यपालिका बोर्डको ध्यानाकर्षण गराएको वडा नम्बर २ का वडा अध्यक्ष दुत बहादुर थिंगले बताउनु भएको छ ।

