गौरमा शनिबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

रौतहट १८ कार्तिक
रौतहटको गौरमा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रम गौर नगरपालिकाको सभा हलमा भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । रौतहटमा मापदण्ड विपरित कार्यहरु , ध्वनि प्रदुषण , मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको ब्यवस्थापन लगायतका समाजमा शान्ति सुरक्षा कायम राख्ने विषयमा ध्यानाकर्षण पुर्व प्रहरीको तर्फबाट रामचन्द्र शिवाकोटीले गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले गरेका प्रश्नहरुको जवाफ प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिनु भएको थियो । पछिल्ल्लो समय रौतहटमा विभिन्न किसिमका अपराधिक घटनाहरु हुनाका साथै भन्सार चोरी निकासीका कार्यहरु लगायत अबैध कार्यहरु हुदै आएको छ । त्यसको निराकरणका लागी आम नागरिकहरुले र प्रहरी प्रशासनले खेल्नु पर्ने भुमिकाबारे छलफल भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका अध्यक्षको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुखको विशिष्ठ अतिथ्यतामा उपप्रमुखगौर नगरपालिकाका वडा अध्यक्षहरु , पत्रकारहरु , नागरिक समाज , पुर्व प्रहरी तथा बुद्धिजिविहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

Related Articles