चन्द्रपुर,१९ कार्तिक । रौतहटको चन्द्रपुरको एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा कात्तिक १८ गते शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष अध्यक्ष खड्काले बचतकर्ताहरुको विश्वास जित्दै आगामी दिन अझै शसक्त ढंगले अघि बढ्ने बताए । चन्द्रपुर, रौतहट र मधेश प्रदेशमात्रै होइन, देशकै राम्रो सहकारीका रुपमा स्थापित हुन प्रयासरत रहेको बताए ।
कार्यक्रममा चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्ले, सहकारी मन्त्रालयका उपसचिव राममणी अधिकारी, मन्त्रालयका पशुविकास अधिकृत उपेन्द्रकुमार सिंह, रौतहट बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष रामविश्वास पासवान, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलम र राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा प्रमुख रुपा थापाको आतिथ्य रहेको थियो ।
त्यस्तै सहकारीकर्मी महेन्द्र चौलागाईँ, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र राना, बागमती साकोका उपाध्यक्ष समिरबाबु कार्की, नवविकास साकोसका सचिव राजु तिवारी, सफल साकोसका सचिव अर्जुन थापा , वडा नम्बर ४ का अध्यक्ष रवि राना, २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ (बुद्ध), चन्द्रपुरको प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विधार्थी भाईबहिनीहरुसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

