रौतहट, १८ कार्तिक । रौतहटको वृन्दावनमा जारी मेयर कप प्रतियोगिता ४ विकेटले हराउँदै वडा नम्बर १ जित निकालेको छ ।
सुरुवाती दुई खेल हारेका वडानम्बर १ शनिबार जित हासिल गरेको हो । वडानम्बर १ ले टर्स जितेर बौलिङ रोजेका थिए । कुल १० ओभरका भएको खेलमा वडा नम्बर ५ ले ९ ओभर २ बलमा अल आउट हुँदै ९४ रनको लक्षय दिएका थिए ।
वडानम्बर १ ले आठ ओभरमा ४ बल खेल्दै ६ विकेट गुमाएर लक्षय पुरा गरेका थिए ।
सो खेलमा मैन आफ द मैच वडानम्बर १ का रितेश पटेल बनेका छन् ।

