रौतहटमा ट्राफिक प्रहरीको ‘प्रेसर हर्न’ हटाउने अभियान जारी


रौतहट, १५ कार्तिक । रौतहटमा ट्राफिक प्रहरीको ‘प्रेसर हर्न’ हटाउने अभियान सुरु भएको छ । सवारी साधनको प्रेसर हर्नले सर्वसाधारणलाई अप्ठ्यारो पारिरहेको गुनासो बढ्न थालेपछि सो अभियान संचालन गरिएको हो ।
मधेश प्रदेशभरि ट्राफिक प्रहरीले प्रेसर हर्न हटाउने अभियान संचालन गरेसँगै रौतहटमा पनि ट्राफिक प्रहरीले सो अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख सुशिल अर्चायले बताए ।
आचार्यका अनुसार अभियान निरन्तर चलिरहने छ । जिल्लामा चल्ने सबै किसिमका सवारी साधनबाट प्रेसर हर्न हटाउने अभियानलाई तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए ।
ट्राफिक प्रहरीको अभियानबारे जानकारी गराउँदै सवारी चालकलाई प्रेसर हर्नको बेफाइदा तथा निर्देशनबारे समेत जानकारी गराइएको उनले बताए ।
रौतहटमा निकै पहिलेदेखि प्रेसर हर्न हटाउन चन्द्रपुरवासीले माग गर्दै आएका थिए ।

ताजा समाचार

Related Articles