रौतहट,१५ कार्तिक । जिल्लामा दुध बिक्रि घटेका कारण यहाँका किसान मारमा परेका छन् । उत्पादनको हिसावमा बिक्रि बितरण कम भएका कारण किसान समस्यामा परेका हुन ।
रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दुध उत्पाद हुने गरेको छ ।
उत्पादनको तुलनामा दुध बिक्रि नहुदा किसान समस्यामा परेका हुन । रौतहट जिल्लाबाट डिडिसिले ६ हजार लिटर दुध किन्ने गरेको छ,भने निजी डेरीले १२ हजार लिटर दुध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । उत्पादन भएको अन्य दुध स्थानीय बजारमा खपत हुदै आएको उनले बताए । उनका अनुसार बिगत पाच महिना देखी डिडिसिले किसानलाई दुधको पैसा भुक्तानी गरेको छैन भने जनी डेरीले समेत ३ महिना देखी दुधको पैसा भुक्तानी नगरेका कारण किसान मारमा परेका छन् । जिल्लाका दुग्ध उत्पादक सहकारीहरूको प्रारम्भिक तथ्यांक अनुसार रौतहट जिल्ला भर उत्पादन हुने दूधको खपत र बिक्री केही महिनायता ओरालो लागिरहेको छ ।
रौतहट जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष अधिकारीका अनुसार आर्थिक मन्दीका कारण सर्वसाधारणले दूध तथा दूधजन्य उत्पादनको प्रयोग र खरिदमा कम गरेसंगै दूधको कारोबार घटेको बताए ।
दैनिक दूधको आन्तरिक खपत तथा बाह्य बिक्री व्यापक रूपमा घट्दा विदेशबाट फर्केर व्यावसायीक पशुपालन गर्ने किसानहरू बढी चिन्तित बन्दै गएका छन ।
केही समयदेखी आफुहरुले डेरीमा बेचेको दुधको मुल्य समेत नपाएको सन्तपुरका किसान राजन तिमलसिनाले बताए ।
जिल्लामा उत्पादन भएको दुध डेरी तथा स्थानीय बजारमा खपत हुदै आएकोमा पछिल्लो समय आएर कारोवारमा गिरावट आएको छ ।
चन्द्रनिगाहपुरमा रहेको बास्तोला डेरीका संचालक रोहित बास्तोलाका अनुसार पहिलाको तुलनामा डेरीजन्य बस्तुको कारोवारमा कमी आएको बताए । रौतहट जिल्लामा ४६ वटा सहकारीले दुध बिक्रि तिरण गर्दै आएकाछन् । जिल्लामा सबैभन्दा धेरै दुध संकलन गर्दै आएको साना किसान कृषि सहकारी संस्थानका अध्यक्ष ध्रुव कोईरालाले डिडिसिले समयमा दुधको पैसा भुक्तानी नगरेका कारण किसानलाई दाना किन्ने पैसा दिन समेत समस्या भएको बताए ।
डेरीले एक त समयमा पैसा नदिने र बेला बेलामा दुधनै नलिने गरेका कारण आफुहरु मारमा परेको दुध किसान नरहरी सापकोटाको भनाइ रहेको छ । पछिल्लो समय आएर आफुले उत्पादन गरेको दुध बजारमा बिक्रि वितरण गर्न समस्या भएको सात बर्ष देखी पसु पालन गर्दै आएका रौतहटका संविधानसभा सदस्य देवेन्द्र पटेलको भनाइ रहेको छ । विगत १० पिन देखी आफुले उत्पादन गरेको दुध बिक्रि वितरण नभएको र पछिल्लो केही महिना यता बिक्रिमा समस्या आएको पटेलको भनाइ रहेको छ । पटेलले मात्र दैनिक ५० लिटरको हाराहारीमा दुध उत्पादन गर्दै आएकाछन् । सीमावर्ती क्षेत्रका बजार गौर,बंकुल ,राजपुर,लगाएतका स्थानमा भारतीय कृषकले भारतबाट दूध ल्याएर बेच्ने गरेको हुँदा समेत रौतहटमा उत्पादन भएको दुधले बजार नपाएको जानकारहरुको भनाइ रहेको छ ।