रौतहटमा अवैध सालको काठ बरामद

   रुपेन्द्र पटेल 
रौतहट, ४ साउन । रौतहटको गुजरा नगरपालिका–२ चोचा गाउँबाट अवैध रूपमा चिरान भइरहेको साल जातको गोलिया काठ बरामद गरिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरका अनुसार तस्करहरूले रातिको समयमा चोरी–तस्करी गरी ल्याएको साल जातको गोलिया काठ चिरान गरिरहेको भन्ने सूचनाका आधारमा चोचा सब–डिभिजन वन कार्यालय रौतहट तथा सशस्त्र प्रहरी बलको बेस जङ्गलसहियाबाट खटिएको संयुक्त गस्ती टोलीले छापा मारेको थियो ।
गस्ती टोली पुगेपछि संलग्न व्यक्तिहरू फरार भएका थिए । घटनास्थलबाट साल जातको गोलिया काठ एक थान, ३.३६ क्युबिक फिट परिमाणको बरामद गरिएको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।
बरामद काठ आवश्यक कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ । घटनामा संलग्न व्यक्तिको खोजी तथा वन ऐनअनुसार थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles