राैतहटमा रगतले लतपतिएको शंकास्पद बोरामा सुंगुरकाे मासु भएकाे पुष्टि

गौर, रौतहट  ४  साउन
रौतहटको गौर–पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिक सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोराले केही समय स्थानीयवासीमा त्रास र कौतुहल सिर्जना गरेको छ ।


घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उक्त बोरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको थियो । घटनास्थललाई सुरक्षित राख्दै प्रहरीले बोराभित्र के रहेको छ भन्ने विषयमा सावधानीपूर्वक जाँच गरेको थियो । अनुसन्धानका क्रममा बोराभित्र सुंगुरको मासु रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रारम्भिक रूपमा शंकास्पद देखिएको घटनाले स्थानीयमा विभिन्न अड्कलबाजी फैलिएको भए पनि अनुसन्धानपछि मानवीय शव वा अन्य आपराधिक सामग्री नभई सुंगुरको मासु रहेको खुलेको हो ।


प्रहरीले अनुसन्धान प्रभावित हुन नदिन घटनासम्बन्धी थप विवरण हाल सार्वजनिक नगरेको जनाएको छ। घटनाको वास्तविक उद्देश्य, कसले र किन उक्त बोरा त्यहाँ फालेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको र अनुसन्धानको प्रगतिसँगै थप जानकारी सार्वजनिक गरिने जिल्ला प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles