रौतहटको चन्द्रनिगाहपुरमा बस र ट्रक ठोक्किँदा ९ जना घाइते, दुई जनाको अवस्था गम्भीर

रौतहट २ साउन
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । दुर्घटना चन्द्रपुर नगरपालिका–१ स्थित पौराई जंगल क्षेत्रमा भएको हो । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ५२८४ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०११ क ०८६७ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा बस र ट्रकका चालक, सहचालक तथा यात्रुसहित ९ जना घाइते भएका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै सवारी चालकलाई थप उपचारका लागि हेटौंडा पठाइएको छ भने अन्य घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles