अवैध स्रोतको नगदसहित भारतीय नागरिक रौतहटमा पक्राउ

रौतहट २ साउन
रौतहट प्रहरीले स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय क्षेत्रमा शनिबार गरिएको नियमित सवारी तथा यात्रु जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाल रहेका छन् । उनी अटो रिक्सामा सवार भएर नेपाल प्रवेश गर्ने क्रममा प्रहरीको जाँचमा परेका थिए । प्रहरीले जयसवालको साथबाट नेपाली पाँच लाख ५० हजार रुपैयाँ र भारतीय चार हजार ८० रुपैयाँ बरामद गरेको जनाएको छ । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले रकमसहित उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles