अनुदान रकमको माग गर्दै रौतहटका उखु किसानद्वारा सडक अवरुद्ध

रौतहट ३१ असार
रौतहटका उखु किसानहरूले राज्यले उपलब्ध गराउनुपर्ने अनुदान रकम समयमै नपाएको भन्दै गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत झाझ पुल नजिक टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । किसानहरूले पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानतर्फ ठोस पहल नभएको आरोप लगाएका छन् । उनीहरूका अनुसार अनुदान रकम वितरणमा भइरहेको ढिलाइ र प्रशासनको बेवास्ताका कारण आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको हो । प्रदर्शनका क्रममा केही समय सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको थियो । किसानहरूले आफ्नो जायज माग तत्काल सम्बोधन गरी अनुदान रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । यता, किसानहरूले सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडियो) समस्याप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै, माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

ताजा समाचार

Related Articles