रौतहटमा युवाले शरीरमा पेट्रोल छर्केर आगो लगाए, काठमाडौं रिफर

राैतहट ३१ असार
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनको घाँटीदेखि तल करिब ३१.५ प्रतिशत शरीर जलेको छ। घाइते सहनीको प्रारम्भिक उपचार गरुडास्थित बेटर नेपाल अस्पतालमा गरिएको थियो । अवस्था मध्यम रहे पनि थप विशेषज्ञ उपचार आवश्यक भएकाले उनलाई कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles