रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या भएको परिवारको आरोप

रौतहट २७ असार
रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहिताको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा गम्भीर चासो र आक्रोश उत्पन्न गरेको छ । मृतकका बुवा, ईशनाथ नगरपालिका–जटहरा निवासी रविन्द्र साह सोनारले आफ्नी छोरी निशा कुमारी साह (सोनार) को दाइजोका कारण हत्या गरिएको आरोप लगाउनु भएको छ । उहाँका अनुसार, गत फागुन ७ गते निरज साह सोनार सँग विवाह भएकी निशालाई विवाहपछि पटक–पटक दाइजोका नाममा वासिङ मेसिन, फ्रिज लगायतका सामानको माग गर्दै मानसिक तथा शारीरिक यातना दिइएको थियो । पीडित परिवारको दाबी अनुसार, अन्ततः निशाको हत्या गरी घटनालाई आत्महत्याजस्तो देखाउन घरमै झुन्ड्याइएको छ । साथै, घटना भएपछि घरका सदस्यहरू फरार रहेको पनि परिवारले जनाएको छ । पीडित परिवारले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कडा कारबाही गर्न तथा निष्पक्ष अनुसन्धान मार्फत सत्यतथ्य सार्वजनिक गरी न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

ताजा समाचार

Related Articles