गरुडा नगरपालिकामा आर्थिक अनियमितताको आशंका, कर्मचारीको घरमा प्रहरीको छापा

राैतहट २६ असार
रौतहटको गरुडा नगरपालिकासँग सम्बन्धित आर्थिक अनियमितताको आशंका उत्पन्न भएपछि प्रहरीले एक कर्मचारीको घरमा छापा मारेर करोडौँ रुपैयाँ बराबरका चेक काट्ने कार्य रोकेको जनाएको छ । प्राप्त जानकारी अनुसार नगरपालिकाको कार्यालयमा नियमित रूपमा काम नगरी उपसचिव निलम न्यौपाने, लेखापाल सत्यनारायण सहनी तथा कर्मचारी प्रवीण झाको घरमै बसेर विभिन्न उपभोक्ता समिति तथा आफन्तसँग सम्बन्धित फर्महरूको नाममा लाखौँदेखि करोडौँ रुपैयाँसम्मका चेक तयार पार्ने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
छापामारीका क्रममा चेक काट्ने प्रक्रिया चलिरहेको अवस्थामा प्रहरी पुगेपछि उक्त कार्य तत्काल रोकिएको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार केही चेक तयार भइसकेका थिए भने केही चेक तयारीकै अवस्थामा फेला परेका थिए ।
घटनापछि प्रहरीले बरामद भएका चेक तथा सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। चेक कुन–कुन योजनाका लागि तयार पारिएका थिए, ती योजनाहरूको वास्तविक कार्य सम्पन्न भएको थियो वा थिएन, तथा रकम वितरण प्रक्रियामा कुनै अनियमितता भएको छ कि छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको बताइएको छ ।

ताजा समाचार

Related Articles