रौतहटमा एकै राति तीन घरमा चोरी, स्थानीय त्रसित

राैतहट २६ असार
रौतहटको देवाही गोनाही नगरपालिका–७ मा शुक्रबार राति चोरी भएको छ। स्थानीयका अनुसार वडा नं. ७ निवासी पुरन राय यादवको घरमा करिब राति १ बजे चोरी भएको हो ।
स्थानीय बासिन्दाका अनुसार सोही राति उक्त वडाका अन्य दुई घरमा समेत चोरी भएको छ। घटनापछि गाउँमा त्रास फैलिएको छ । चोरीमा के–कति धनमाल चोरी भयो भन्ने विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइएको र प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ ।
स्थानीयले पछिल्लो समय चोरीका घटना बढ्दै गएको भन्दै रातिको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्  ।

ताजा समाचार

Related Articles