राैतहट २६ असार
संघीय सशर्त अनुदान अन्तर्गत चन्द्रपुर नगरपालिकाद्वारा चन्द्रपुर नगरपालिका–८, सन्तपुरस्थित सुबलाल भागवत उच्च माध्यमिक विद्यालय लाई सूचना तथा सञ्चार प्रविधि (ICT) कार्यक्रमका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।
विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन निम्न सामग्री उपलब्ध गराइएको छ ।
जस अन्तर्गत ९ थान डेस्कटप कम्प्युटर , ३ थान प्रिन्टर , १ थान ल्यापटप , ४ थान सीसी क्यामेरा , १ थान स्मार्ट टिभी गरि १० लाख बराबरकाे सामग्री शुक्रबार हस्तान्तरण गरेकाे हाे । साे सामग्री हस्तान्तरणबाट विद्यालयमा सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीहरूको सिकाइ अनुभव गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

