गरुडाको शिवनगरमा धर्मशाला भवन निर्माण सुरु, विपन्न परिवारलाई सहयोग पुग्ने अपेक्षा

रौतहट १५ जेष्ठ
रौतहटको गरुडा नगरपालिकामा धर्मशाला भवन निर्माण कार्य सुरु गरिएको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच गरुडा नगरपालिका–५ शिवनगरमा नेपाल सोनार समाजद्वारा निर्माण हुन लागेको धर्मशाला भवनको शिलान्यास गरिएको हो । धार्मिक विधिअनुसार पुरोहितद्वारा मन्त्र वाचन गराई नेपाल सोनार समाज रौतहटका वरिष्ठ सल्लाहकार तथा सुनचाँदी व्यवसाय महासंघ मधेश प्रदेशका सभापति एवं रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका प्रत्याशी रामजी साह र समाजका जिल्ला अध्यक्ष कामेश्वर प्रसाद साहले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा सहभागीहरूले धर्मशाला भवन निर्माणले सामाजिक तथा मानवीय सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । स्थानीय स्तरमा हुने विभिन्न धार्मिक, सामाजिक तथा सामुदायिक गतिविधिका लागि भवन उपयोगी बन्ने अपेक्षा गरिएको छ ।
नेपाल सोनार समाजका पदाधिकारीहरूका अनुसार धर्मशाला विशेषगरी अति गरिब, असहाय तथा विपन्न परिवारलाई लक्षित गरेर निर्माण गर्न लागिएको हो । साथै शिवनगर आसपासका सर्वसाधारणले समेत आवश्यकताअनुसार सुविधा उपयोग गर्न सक्ने जनाइएको छ । स्थानीयवासीले धर्मशाला निर्माणलाई सामाजिक सहकार्य र सामुदायिक एकताको सकारात्मक सुरुवातका रूपमा लिएका छन् ।

ताजा समाचार

Related Articles