रौतहट १३ जेष्ठ
रौतहटमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको बसले चन्द्रनिगाहपुरबाट बागमतीतर्फ जाँदै गरेको ना २५ प नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतक चन्द्रपुर नगरपालिका–१ पौराई निवासी २६ वर्षीय शेख गुलाम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटना जुडिबेलाबाट करिब १ किलोमिटर पूर्वतर्फ भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

