राष्ट्रिय स्वतन्त्र पार्टी गुजरा–४ को वडा समिति गठन

रौतहट १२,जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी गुजरा नगरपालिका वडा नं. ४ को वडा अधिवेशनबाट नयाँ वडा समिति चयन गरिएको छ ।
अधिवेशनबाट ओमबहादुर गिरी सभापतिमा, शेख मेराज आलम उपसभापतिमा तथा शिवराम पराजुली सचिवमा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा दीपेन्द्र नेपाल, शेख साजिद, रामविनोद साह, राधा गिरी, भगवती भारती तथा पार्वतीदेवी महरा चयन भएका छन् ।
निर्वाचन प्रमुख शेख कस्मुदिन तथा नगर सभापति जितेन्द्र साह कल्वारले नवगठित समितिको घोषणा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको गुजरा नगरपालिका वडा नं. ३ को वडा अधिवेशनबाट चन्दन चौधरी सभापति, शेख सहजाद उपसभापति तथा प्रमोद राम सचिवमा निर्विरोध चयन भएका थिए। पार्टीले वडा तहमा संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

ताजा समाचार

Related Articles