झगडा छुट्याउन गएका युवकको ज्यान गयो, एक पक्राउ

रौतहट १२ जेष्ठ
रौतहटमा दुई पक्षबीच भइरहेको झगडा छुट्याउन गएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झगडा रोक्न प्रयास गर्ने क्रममा सुवेदीलाई धकेल्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा निजगढ नगरपालिका–६ निवासी ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा समाचार

Related Articles