महोत्तरी १२ जेष्ठ
महोतरीको बर्दिवास नगरपालिका–३ कालापानीमा बस्ती हटाउने प्रयासको विरोधमा स्थानीयवासी आन्दोलित बनेका छन् । स्थानीयले रातिदेखि नै चेतावनीस्वरूप द्यए ज्ष्नजधबथ अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । बस्ती खाली गराउने तयारीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सरकार र प्रशासनविरुद्ध नाराबाजी समेत गरेका छन् । प्रशासनले सडक खुलाउने प्रयास गरिरहेको भए पनि “बस्ती नउठाउने” स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको अडान छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन आवतजावतमा समस्या परेको छ । स्थिति नियन्त्रण तथा सहजीकरणका लागि सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

