रौतहट १२ जेष्ठ
रौतहटको बृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ करिब ७ः३० बजेतिर बच्चेलाल रायको टायलको छानो र बाँसको बारले बनेको एकतले कच्ची घर अचानक भत्किएको प्रहरीले जनाएको थियो । घर भत्किँदा च्यापिएर उनकी ३५ वर्षीया श्रीमती फूलकुमारी देवी गम्भीर घाइते भएकी थिइन् । घाइते देवीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

