चाँदी पुल नजिक युवक मृत अवस्थामा फेला, अनुसन्धान जारी

राैतहट ३१ बैशाष
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ स्थित चाँदी पुल नजिक एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मिति २०८३ साल वैशाख ३१ गते बिहान करिब ६:२० बजे सडक छेउमा टाउकोमा गम्भीर चोट लागेको र रक्ताम्मे अवस्थामा एक युवक लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर–१ दिपही निवासी वर्ष २४ का रंजय कुमार यादव रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखेको जनाएको छ ।
युवकको मृत्यु कसरी भयो भन्ने विषय खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles