भन्सार छलिको चप्पलसहित मोटरसाइकल बरामद, चालक फरार

रौतहट ३० बैशाष
रौतहटको गरुडा नगरपालिका वडा नं. ६ स्थित शिव मन्दिर नजिकबाट गौर भन्सार कार्यालयको गस्ती टोलीले भन्सार छलि गरी ल्याइएको अवैध सामान बरामद गरेको छ । गस्तीका क्रममा नम्बर प्लेट नभएको मोटरसाइकलमा भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेको फैन्सी लेडिज चप्पल ९६ जोरासहितको सामान फेला परेको गौर भन्सार कार्यालयले जनाएको हो । भन्सार टोलीलाई देख्नासाथ मोटरसाइकल चालक सामानसहितको सवारी साधन छोडेर फरार भएको बताइएको छ । त्यसपछि टोलीले वेवारिसे अवस्थामा रहेको मोटरसाइकल र चप्पल नियन्त्रणमा लिएको थियो । बरामद गरिएको मोटरसाइकल तथा चप्पलको कुल अनुमानित मूल्य रु. १ लाख ३८ हजार ४ सय रहेको जनाइएको छ । बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा राखिएको गौर भन्सार कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles