भन्सार छलिका एक लाख ३८ हजारकोब चप्पल बरामद

रौतहट, ३० वैशाख । रौतहटको गरुडा नगरपालिका–६ स्थित शिव मन्दिर नजिकबाट भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइएको सामानसहित मोटरसाइकल बरामद गरिएको छ ।
गौर भन्सार कार्यालय रौतहटको गस्ती टोलीले नियमित गस्तीका क्रममा नम्बर प्लेट नभएको मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको फैन्सी लेडिज चप्पल ९६ जोरासहित मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।
भन्सार कार्यालयका अनुसार गस्ती टोलीलाई देख्नासाथ मोटरसाइकल चालक सामानसहितको मोटरसाइकल छाडेर फरार भएका थिए । त्यसपछि टोलीले वेवारिसे अवस्थामा रहेको मोटरसाइकल र चप्पल बरामद गरेको हो ।
बरामद गरिएको मोटरसाइकल तथा चप्पलको कुल मूल्य एक लाख ३८ हजार ४ सय रुपैयाँ रहेको गौर भन्सार कार्यालयले जनाएको छ ।
बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको कार्यालयले जानकारी दिएको छ ।

ताजा समाचार

Related Articles