बृन्दावन नगरपालिकामा दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा रासनारायण पटेलको आगमन

रौतहट, २ कार्तिक । रौतहटको बृन्दावन नगरपालिकामा दोस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा रासनारायण पटेलको आगमन भएको छ ।

बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा रासनारायण पटेललाइ जिम्मेवारी तोकिएको हो ।

बृन्दावन नगरपालिकाका कार्यालयको च.नं. ४४८ मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी आए बमोजिम उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि बढिमा २ (दुई) महिनाको लागि मात्र कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा भनिएको छ ।

ताजा समाचार

Related Articles