रौतहट, ५ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडामा भएको बोका चोरी प्रकरणमा संलग्न एक जनालाई प्रहरीले चोरीको बोका सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८३ साल वैशाख ३ गते राति स्थानीय शिवम माझीको घरबाट एउटा बोका चोरी भएको थियो । उक्त घटनाबारे वैशाख शुक्रबार सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले खोजतलास गर्ने क्रममा सोही नगरपालिका–५ स्थित नहर चौकबाट देवाही गोनाही नगरपालिका–६ उचिडिह निवासी २७ वर्षीय बिक्रम ठाकुरलाई चोरी गरिएको बोका सहित नियन्त्रणमा लिएको जनाएको छ ।
घटनामा संलग्न ठाकुरमाथि चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

